२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 नेपालको आईसिटी क्षेत्र अमेरिकन ठूला कम्पनीको चासोमा छ : अतुल केशव 


सञ्चार डबली
  • आइतबार, वैशाख १६ २०८१
  • 8.4K
    SHARES

  • images
     नेपालको आईसिटी क्षेत्र अमेरिकन ठूला कम्पनीको चासोमा छ : अतुल केशव 


    काठमाडौं । अमेरिकाले नेपालमा ऊर्जा, पर्यटन, कृषि, पूर्वाधार र वित्तीय सेवामा आश्चर्यजनक अवसर रहेको भन्दै आईसिटी सेक्टरमा निकै चासो दिएर ठूला अमेरिकन डिजिटल कम्पनीहरुले नेपाललाई हेरेको स्पष्ट परेको छ ।

    सरकारले डिजिटल अर्थतन्त्रलाई नियन्त्रित गर्ने नियमहरू प्रतिस्पर्धात्मक छन् भनी सुनिश्चित गरे नेपालले अमेरिकन कम्पनीहरुबाट पूर्ण फाइदा लिन सक्ने लगानी सम्मेलनमा आएका अधिकारीहरुले बताएका छन् । 

    आइतबार र सोमबारगरी दुई दिन चल्ने तेस्रो लगानी सम्मेलनमा बोल्दै संयुक्त राज्य अमेरिका चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल केशवले नेपालका विभिन्न ६ वटा क्षेत्रमा आश्चर्यजनक अवसरहरु भएको र त्यो अमेरिकी कम्पनीका लागि निकै चासोको क्षेत्र समेत रहेको बताए । उनले भने, ‘नेपालमा ऊर्जा, पर्यटन, कृषि, पूर्वाधार र वित्तीय सेवामा अचम्मको अवसर रहेको स्पष्ट छ । यि अमेरिकी कम्पनीहरूको लागि ठूलो चासोको क्षेत्रहरू हुन् ।’

    नेपालमा आईसीटी क्षेत्रमा निकै राम्रो अवसर रहेको उल्लेख गरेका उनले  विशेष गरी यही क्षेत्र नेपालका लागि गेम चेन्जरको बन्नसक्ने र अमेरिकी कम्पनीको लागि पनि चासोको विषय भएको धारणा राखे । 
    अमेरिकी ठूला डिजिटल अर्थतन्त्र कम्पनीहरू विश्वका नेता भएको र उनीहरू आईसिटी क्षेत्रमा के भइरहेको छ भन्नेमा चासो राख्ने भन्दै केशवले थपे,  ‘तपाईंसँग अद्भुत जनसांख्यिकीय विभाजन छ। तपाईंसँग उत्कृष्ट प्रतिभा र कुशलता छ । यो मानव प्रर्दशन प्रविधि ९एचटिपी० अमेरिकी डिजिटल अर्थतन्त्र कम्पनीहरूको लागि वास्तविक स्थान हुनसक्छ । डिजिटल अर्थतन्त्रलाई नियन्त्रित गर्ने नियमहरू सकेसम्म प्रतिस्पर्धात्मक छन् भनी सुनिश्चित गरेर नेपालले यसको पूर्ण फाइदा लिन सक्छ ।’

    नेपालको आईटिसी क्षेत्रलाई निकै चासोपूर्वक अमेरिकन कम्पनीहरुले हेरेको बताउँदै उनले नेपालको आईटिसी क्षेत्रमा प्रतिस्पर्धात्मक कानून बन्ने शुनिश्चित गरे विदेशी कम्पनीहरु नेपालमा लगानी गर्न उत्साहपूर्वक रुपमा आउने धारणा राखे । 

    ‘अमेरिकी ठूला डिजिटल कम्पनीका अर्थतन्त्रलाई नियन्त्रित गर्ने नियमहरू सकेसम्म प्रतिस्पर्धात्मक छन् भनी सुनिश्चित गरेर नेपालले यसको पूर्ण फाइदा लिन सक्छ ।  किनभने यी कम्पनीहरू डिजिटल भएकाले उत्तम नीति अवसरहरू जहाँ भए पनि भाडामा लिन सक्छन । र, नेपालमा नीति र नियामक संरचना राम्रो भएमा आउँछन्’ केशवले भने ।

    उनले युनाइटेड स्टेट चेम्बर्सको मिसन नेपालमा दुई गुणा रहेको बताउँदै  मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाललाई अमेरिकी व्यापार समुदायले पूर्ण समर्थन गर्ने पनि उल्लेख गरे । नेपालको वर्तमान व्यापारिक वातावरणको परिदृश्य बुझ्न र सरकारको सुधार र उदारीकरण एजेन्डा र यसका प्राथमिकताहरू बुझ्न चाहेको बताएका अमेरिकी अधिकारीहरुले निजी क्षेत्रलाई विश्वासमा लिएर सहकार्य गर्नुपर्नेमा जोड दिँदै नेपालमा लगानीका लागि अमेरिकामा पहल गर्ने समेत बताए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend