२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको छ : अध्यक्ष ढकाल


सञ्चार डबली
  • आइतबार, वैशाख १६ २०८१
  • 8.6K
    SHARES

  • images
    नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको छ : अध्यक्ष ढकाल


    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि नेपाल नयाँ गन्तव्य बन्न सक्ने बताएका छन् ।आइतबारदेखि काठमाडौंमा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेकाले लगानी विस्तार गर्न विश्वभरका लगानीकर्तालाई आग्रह गरे ।

    अध्यक्ष ढकालले नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गर्दै पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहरुमा लगानीको सम्भावना रहेको बताए । 

    विश्वका उदाउँदा ठुला अर्थतन्त्र, चीन र भारतको बिचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने बताए ।उनले नेपाल सरकार र भारत सरकारबीच सम्पन्न दीर्घकालिन विद्युत् व्यापार सम्झौताको स्मरण गर्दै यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहुँच पु¥याउने बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend