२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

एनआइसी एशिया बैङ्कको सहायक प्रमुख कार्यकारी अधिकृतमा अर्जुनराज खनिया


सञ्चार डबली
  • शनिबार, वैशाख १५ २०८१
  • 6.3K
    SHARES

  • images
    एनआइसी एशिया बैङ्कको सहायक प्रमुख कार्यकारी अधिकृतमा अर्जुनराज खनिया

    काठमाडौं, बैशाख १५ । एनआइसी एशिया बैङ्क लिमिटेडले अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ । बैङ्कले सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको हो । 

    सन् २००४ देखि बैङ्किङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैङ्कका विभिन्न शाखाहरू, विभागहरू एवम् इकोसिस्टमहरूमा काम गरी २० वर्ष भन्दा लामो अनुभव संगाल्लेका छन् । 

    सन् २००४ मा नेपाल बैङ्क लिमिटेडमा आन्तरिक लेखापरीक्षकको रूपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैङ्कको यात्रा सुरु गरेका खनिया सन् २०१० मा तत्कालिन बैङ्क अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रूपमा नियुक्त भएका थिए । 

    तत्पश्चात यस बैङ्कका विभिन्न विभाग तथा इकोसिस्टमहरूमा प्रमुखको रूपमा नेत्तृत्वदायी भुमिकामा रही बैङ्कको व्यवसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा खनियाको अतुलनीय योगदान रहेको थियो ।

    हाल उनले बैङ्कको Strategic Performance Management Ecosystem/Experience Assurance Ecosystem प्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका छन् । 

    बैङ्कको विभिन्न विभागहरू तथा इकोसिस्टमहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैङ्कको ट्रान्सफर्र्मेसन जर्नीमा अतुलनिय योगदान दिई आफ्नो सफल जिम्मेवारी निर्वाह गरेका खनियालाई बैङ्कले दिएको यस नयाँ जिम्मेवारीले बैङ्कलाई थप उचाई हासिल गरी, उच्च व्यवसायिक सफलता प्राप्त गर्न योगदान गर्ने विश्वास रहेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बताए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend