२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बैंकहरुमा लगानी गर्दै राष्ट्र बैंक, कुन बैंकमा कति ?


सञ्चार डबली
  • बिहीबार , वैशाख १३ २०८१
  • 7.0K
    SHARES

  • images
    बैंकहरुमा लगानी गर्दै राष्ट्र बैंक, कुन बैंकमा कति ?


    काठमाडौं । नेपाल राष्ट्र बैंकले करिब २ अर्ब रुपैयाँ बढी बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै विभिन्न कोषमा रहेको कुल  १ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा राख्न लागिएको जानकारी दिएकाे छ।

    बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दती निक्षेपका रूपमा राख्नेछ। केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा रू. १ अर्ब ५५ करोड ५७ लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा  २९ करोड १६ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा  ९ करोड ७२ लाख रुपैयाँ मुद्दती निक्षेपमा राखिनेछ।

    आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन केन्द्रीय बैंकले बैंकहरुलाई आह्वान गरेको छ। २०८१ जेठ ३ गतेदेखि २०८१ जेठ २ गतेसम्म ३६६ दिनका लागि उक्त रकम मुद्दती निक्षेपमा राखिने राष्ट्र बैंकले जनाएको छ। बैंकहरुले वैशाख १४ गते राति १२ बजेभित्र ब्याजदर प्रस्ताव गर्नुपर्ने सूचनामा उल्लेख गरिएकाे छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend