२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बैंकले तिर्ने आयकर ३.७५ प्रतिशतले घट्यो, कुन बैंकले कति तिरे ?


सञ्चार डबली
  • बुधबार, वैशाख १२ २०८१
  • 8.9K
    SHARES

  • images
    बैंकले तिर्ने आयकर ३.७५ प्रतिशतले घट्यो, कुन बैंकले कति तिरे ?


    काठमाडौं । वाणिज्य बैंकहरूको नाफा घट्दा उनीहरूले तिर्ने आयकर (इनकम ट्याक्स) मा पनि गिरावट आएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा बैंकहरूले सरकारलाई तिर्ने आयकरमा ३.७५ प्रतिशतले गिरावट आएको बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदनले देखाएको छ ।

    २० वाणिज्य बैंकले गत आर्थिक वर्षको चैत मसान्तसम्म आफ्नो कुल नाफाबाट रु. १९ अर्ब ९९ करोड ७५ लाख रुपैयाँ कर तिरेका थिए तर अहिले भने रु. १९ अर्ब २४ करोड ७२ लाख रुपैयाँमा सीमित भएको छ।

    चालु आर्थिक वर्षको चैत मसान्तसम्म सबैभन्दा धेरै नाफा गर्ने नबिल बैंकले सबैभन्दा धेरै आयकर तिरेको छ। बैंकले रु. १ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ आयकर तिरेको छ। यस्तै सबैभन्दा धेरै आयकर तिर्ने बैंकको दोस्रो नम्बरको सूचीमा प्रभु बैंक रहेको छ। यस बैंकले रु. १ अर्ब ५५ करोड रुपैयाँ कर तिरेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु. १ अर्ब ४१ करोड रुपैयाँ राज्यलाई आयकर तिरेको छ।

    यस्तै, ग्लोबल आईएमई बैंकले रु. १ अर्ब २३ करोड ४४ लाख रुपैयाँ, प्राइम बैंकले रु. १ अर्ब २३ करोड ३० लाख रुपैयाँ, एभरेष्ट बैंकले रु. १ अर्ब ११ करोड रुपैयाँ, हिमालयन बैंकले रु. १ अर्ब ६ करोड रुपैयाँ, स्टाण्डर्ड चार्टर्ड बैंकले रु. १ अर्ब ४ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले रु. १ अर्ब १ करोड रुपैयाँ, एनएमबि बैंकले रु. ९३ करोड ५३ लाख रुपैयाँ आयकर तिरेका छन्।

    यस्तै सिद्धार्थ बैंकले रु. ७४ अर्ब ४१ करोड रुपैयाँ, एनआईसी एसिया बैंकले रु. ७० करोड ८५ लाख रुपैयाँ, सिटिजन्स बैंकले रु. ६६ करोड ८४ लाख रुपैयाँ, कृषि विकास बैंकले रु. ६३ करोड रुपैयाँ, लक्ष्मी बैंकले रु. ६२ करोड ६४ लाख रुपैयाँ, सानिमा बैंकले रु. ५६ करोड ७४ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले रु. ५३ करोड ४२ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले रु. ५१ करोड ४३ लाख रुपैयाँ र नेपाल बैंक लिमिटेडले रु. ४५ करोड ७९ लाख रुपैयाँ आयकर कर सरकारलाई तिरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend