२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बढ्यो सुनको मूल्य ,चाँदीको कति ?


सञ्चार डबली
  • बुधबार, वैशाख १२ २०८१
  • 9.8K
    SHARES

  • images
    बढ्यो सुनको मूल्य ,चाँदीको कति ?


    काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । दुई दिनमा ३८ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार ५०० रुपैयाँले बढेको हो । सुनको मूल्य सोमबार प्रतितोला ११ सय रुपैयाँ र मंगलबार प्रतितोला २७ सय रुपैयाँ घटेको थियो ।

    बुधबार छापावाला सुनको मूल्य १ लाख ३६ हजार रुपैयाँ तोकिएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुनको मूल्य एक लाख ३५ हजार ३५० रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य एक लाख ३४ हजार ८५० रुपैयाँमा करोबार भएको थियो ।

    बुधबार चाँदीको मूल्य एक हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार ६६० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदी तोलाको १० रुपैयाँ घटेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend