२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, कसले किन्न पाउने ? 


सञ्चार डबली
  • आइतबार, वैशाख ९ २०८१
  • 6.7K
    SHARES

  • images
    सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, कसले किन्न पाउने ? 


    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको हो ।

    जो कोही व्यक्ति, संस्था वा कम्पनीले यो सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

    बैंकका विद्यमान संस्थापक सेयरधनीहरूका लागि ३५ दिने आवेदन माग गरिएकोमा उक्त अवधिभित्र कुनै पनि आवेदन नपरेकाले सर्वसाधारणका लागि उक्त सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

    बैंकका अनुसार लगानीकर्ताले काठमाडौं बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरि निवेदन पेस गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend