२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

कुमारी बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा


सञ्चार डबली
  • आइतबार, वैशाख ९ २०८१
  • 8.6K
    SHARES

  • images
    कुमारी बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा


    काठमाडौं ।  कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले जेनिथ इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालिको स्वामित्वमा रहेको ६ लाख ९८ हजार ५६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

    यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालमा रहेको बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।

    शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । साथै, तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर सर्वसाधारणका लागि बिक्री खुला हुने बताइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend