२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

ग्लोबल आइएमई बैंकको नाफा झण्डै साढे तीन अर्ब


सञ्चार डबली
  • शुक्रबार, वैशाख ७ २०८१
  • 8.9K
    SHARES

  • images
    ग्लोबल आइएमई बैंकको नाफा झण्डै साढे तीन अर्ब


    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार चैत्र मसान्तसम्म आइपुग्दा बैंकको नाफा तीन अर्ब ३० करोड ६५ लाख रुपैयाँ रहको छ । जुन गत आवको तुलनामा २४.१३ प्रतिशतले घटेको हो । गत वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा चार अर्ब ३५ करोड ८२ लाख रुपैयाँ रहेको थियो।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४९ प्रतिशतले बढेर १३ अर्ब दुई करोड  पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो आम्दानी ११ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो ।

    समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.७८ प्रतिशतले बढेर ४.७४ प्रतिशत पुगेको छ । गत वर्षको यही अवधिमा बैंकको खराब कर्जा ३.९६ प्रतिशत रहेको थियो । चैत्र मसान्तसम्म आइपुग्दा बैंकको कुल संचालन आम्दानी १३.७४ प्रतिशतले बढेर १५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४९ प्रतिशतले बढेर १३ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको यस्तो आम्दानी ११ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ४२ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

    समीक्षा अवधिसम्म आइपुग्दा बैंकको चुक्ता पूँजी ३६ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १६०.९२ रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी ४.८८ रुपैयाँले घटेर १२.२ रुपैयाँ भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend