२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

३ अर्बको ऋणपत्र निष्कासन गर्दै नेपाल एसबिआई बैंक लिमिटेड 


सञ्चार डबली
  • बुधबार, वैशाख ५ २०८१
  • 8.2K
    SHARES

  • images
    ३ अर्बको ऋणपत्र निष्कासन गर्दै नेपाल एसबिआई बैंक लिमिटेड 


    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र ‘नेपाल एसबिआई ऋणपत्र २०९०’ निष्कासन गर्ने भएको छ ।बैंकले ऋण पत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

    उक्त सम्झौता पत्रमा नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पंडा र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे ।

    नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋण पत्र निष्कासन गरिने बैंकले जनाएको छ । बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend