२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 दोहोरो अंकले घट्यो सेयर बजार


सञ्चार डबली
  • मंगलबार, वैशाख ४ २०८१
  • 7.7K
    SHARES

  • images
     दोहोरो अंकले घट्यो सेयर बजार


    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले घटेर १९९१ दशमलव ७१ को बिन्दुमा कायम भएको हो ।आज ३१२ कम्पनीका ५४ लाख ७१ हजार ६८ कित्ता शेयर ३९  हजार ४७६ पटक खरिदबिक्री हुँदा २ अर्ब १० करोड ३० लाख १९ हजार २१८ बराबरको कारोबार भएको छ ।

    आज सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै हाइड्रो समूह १.३१, माइक्रोफाइनान्स १.१६ र अन्य समुह १.०७ प्रतिशतले घटेको छ ।आज सबैभन्दा बढी सिद्धार्थ बैंकको डिभेन्चरको ९.९९ प्रतिशतले बढेको छ भने रु रु जलविद्युतको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

    कारोबार रकमको आधारमा आज गोर्खा फाइनान्सको सबै भन्दा बढी कारोबार भएको छ । आज सबैभन्दा धेरै गोर्खा फाइनान्सको १७ करोड ५९ लाख बराबरको सेयर कारोबार भएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend