२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबीच सम्झौता


सञ्चार डबली
  • मंगलबार, वैशाख ४ २०८१
  • 10.0K
    SHARES

  • images
    ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबीच सम्झौता

     

    काठमाडौं ।  ग्लोबल आइएमई बैंकले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरूलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ।आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरू अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको रूपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, वाली, दुवई भ्रमणको लागि सहुलियत मूल्यको योजनाहरू ल्याएको छ।

    बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम् तीन हजार २१० रुपैयाँ र विदेश भ्रमणका लागि छ हजार रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको हो। बैंकको क्रेडिट कार्डवाहकले आइएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्। साथै, यो योजनामा आवद्ध भई क्रेडिट कार्ड लिन चाहनेहरूलाई बैंकले कार्ड जारी शुल्कमा समेत ५० प्रतिशत छुट पाउनेछन्।

    ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend