२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

पेट्रोलियम पदार्थको मूल्य बढ्यो


सञ्चार डबली
  • मंगलबार, वैशाख ४ २०८१
  • 7.6K
    SHARES

  • images
    पेट्रोलियम पदार्थको मूल्य बढ्यो


     काठमाडौं । नेपाल आयल निगमले आजदेखि कायम हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगम लिमिटेडका अनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलियम पदार्थको प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपैयाँ ४६ पैसा मूल्य बढाएको जानकारी सोमबार दिएको छ । 

    नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७८, डिजेल र मट्टितेल प्रतिलिटर रुपैयाँ १ सय ६१ रुपैयाँ पुगेको छ । निगमले पहिलो वर्गअन्तर्गत विराटनगर, चारआली, अमलेखगञ्ज,जनकपुर, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँ ५० पैसा कायम गरेको जनाएको छ । 

    यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङका लागि १ सय ७७ रुपैयाँ मूल्य तोक्दा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य १ सय ६१ रुपैयाँ कायम गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend