२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सिंगटी हाइड्रो इनर्जीको लिलामी सेयर बाँडफाँट


सञ्चार डबली
  • सोमबार, वैशाख ३ २०८१
  • 9.6K
    SHARES

  • images
    सिंगटी हाइड्रो इनर्जीको लिलामी सेयर बाँडफाँट


    काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ । सिंगटीले ४६ लाख ११ हजार ५३९ कित्ता सेयर बाँडफाँड गरेको हा । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर चैत ३० गते बाँडफाँट गरिएको हो । जसमा न्यूनतम १४५ रुपैयाँ १० पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका हुन् । 

    यता, कम्पनीको लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम आज (वैशाख ३ गते) बाट फिर्ता हुने संस्थाले जनाएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आजदेखि लिलामीमा नपरेको रकम क्रमशः फिर्ता हुँदै जानेछ । आवेदकले लिलामी आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै क्लियरिङ हाउसको कनेक्ट आइपीएस मार्फत रकम फिर्ता पाउनेछन् । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend