२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सेयर बजार ३.३४ अंकले घट्यो


सञ्चार डबली
  • बिहीबार , वैशाख २८ २०८०
  • 10.0K
    SHARES

  • images
    सेयर बजार ३.३४ अंकले घट्यो


    काठमाडौ, २८ वैशाख । आज सेयर बजार ३.३४ अंकले ओरालो लागेको छ । नेप्से सुचक ३.३४ अंकले ओरालो लागि १८३८.५९ विन्दुमा आएर रोकिएको छ। यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ०.७१ अङ्कले घटेर ३५३.०९ विन्दुमा पुगेको छ। आज नेप्से सुचकको ६४ कम्पनीमा वृद्धि भएको छ । १३८ कम्पनीमा ओरालो लागेको छ भने १४ कम्पनी स्थिर रहेको छ ।

    यसअघि बुधबार नेप्से सुचकमा २.४३ अंकले ओरालो लागि १८४१.९३ विन्दुमा आएर रोकिएको थियो। बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २५९ कम्पनीको २१ लाख ५ हजार ६५७ कित्ता सेयर खरिद बिक्री हुँदा ५७ करोड ८८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

    त्यस्तै, कारोबारको आधारमा नेपाल दुरसञ्चार कम्पनीको ३ करोडमाथिको कारोबार भएको छ। यता १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा उकालो लागेको र बाँकी सबैभन्दा उपसुचकहरु घटेको छ । आजको कारोबारमा आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाको ६.१० प्रतिशतले सेयर मूल्य बढेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend