२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई बालकृष्ण खाँणको आग्रह 


सञ्चार डबली
  • आइतबार, चैत २६ २०७९
  • 14.6K
    SHARES

  • images
    नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई बालकृष्ण खाँणको आग्रह 

    आइतबार, चैत २६, २०७९

    सत्तारूढ कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेका छन्। 

    संघीय संसद्को दुवै सदनले पास गरी दोस्रोपटक पठाइएको सो विधेयकलाई राष्ट्रपति कार्यालयमा अड्किएर रहेको नागरिकता विधेयकसमेत अविलम्ब प्रमाणीकरण गरेर राष्ट्रपति पौडेलले नागरिकताविहीनहरूलाई नागरिकता दिने कानुनी प्रबन्ध गर्नुपर्ने उनको भनाइ थियो। 

    आइतबार नेपाल प्रेस युनियन, धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खाणले सो विधेयक प्रमाणीकरणका लागि आवश्यक वातावरण बनाउन सरकार र राजनीतिक पार्टीहरूको पनि ध्यानाकर्षण गराए। 

    नेता खाणले  वैशाख १० गते हुने बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ को उपचुनाव सकिएलगत्तै सातै प्रदेशमा मुख्यमन्त्री आलोपालो हुने गरी सत्तारूढ दलहरूले प्रदेश सरकार पुनर्गठन गर्ने पनि स्पष्ट पारे। गठबन्धनमा आबद्ध दलहरूबीच प्रदेश सरकारहरूमा आलोपालो मुख्यमन्त्री लिने सैद्धान्तिक सहमति भएको उनले बताए ।

    त्यस्तै, विभिन्न आन्दोलनको क्रममा राजनीतिक दलका नेताकार्यकर्तामथि लागेको मुद्दा फिर्ता प्रक्रियासमेत यथाशीघ्र विधेयक पारित गर्नुपर्नेमा उनले जोड दिए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend