२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आर्टिफिसियल इन्टेलिजेन्सले ४० प्रतिशत रोजगारी कटौती गर्न सक्छः आईएमएफ प्रमुख


  • सोमबार, माघ १ २०८०
  • 9.4K
    SHARES

  • images
    आर्टिफिसियल इन्टेलिजेन्सले ४० प्रतिशत रोजगारी कटौती गर्न सक्छः आईएमएफ प्रमुख

    जेनेभा। आईएमएफकि प्रमुखले आर्टिफिसियल इन्टेलिजेन्सले विश्वभरको रोजगारीको सुरक्षामा खतरा निम्त्याउने बताएकी छिन ।

    यद्यपि, उनले  आर्टिफिसियल इन्टेलिजेन्सले उत्पादकत्व स्तर बढाउन र विश्वव्यापी विकासलाई प्रवर्द्धन गर्न ठूलो अवसर प्रदान गर्ने भने जनाएकी छिन् । 

    अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले स्विट्जरल्याण्डको डाभोसमा वार्षिक विश्व आर्थिक मञ्चमा भाग लिनु अघि वाशिंगटनमा एक अन्तर्वार्तामा भनिन् कि एआईले विकसित देशहरूमा ६० प्रतिशत रोजगारीलाई असर गर्नेछ।

    आईएमएफको नयाँ प्रतिवेदनलाई उद्धृत गर्दै उनले विकासोन्मुख देशहरूमा एआईको प्रभाव कम हुने अपेक्षा गरिएको छ । 

    ‘विश्वव्यापी रूपमा करिब ४० प्रतिशत रोजगारी प्रभावित हुने सम्भावना छ,’ उनले अगाडी भने, ‘तपाईसँग जति धेरै उच्च दक्ष रोजगारी हुन्छ, त्यति नै ठूलो प्रभाव हुन्छ।’

    ‘हामीले विशेष गरी न्यून आय भएका देशहरूलाई द्रुत गतिमा अघि बढ्न मद्दत गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ ताकि उनीहरूले कृत्रिम बुद्धिमत्ताद्वारा प्रदान गरिएका अवसरहरूको फाइदा लिन सकून्’ जर्जिएभाले सञ्चारमाध्यमलाइ भनिन ।

    उनले भनिन्, ‘त्यसैले आर्टिफिसियल इन्टेलिजेन्स थोरै डरलाग्दो छ तर यो सबैका लागि ठूलो अवसर पनि हो।’

    जर्जिएभाका अनुसार सन २०२४ विश्वभरको वित्तीय नीतिको लागि धेरै कठिन वर्ष हुने सम्भावना छ किनकि देशहरूले कोभिड १९ महामारीको समयमा जम्मा भएको ऋणको बोझलाई सम्बोधन गर्न र घटेका बफरहरूको पुनर्निर्माण गर्न खोज्छन्।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend