२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

तराइमा बाक्लो हुस्सु र कुहिरो, उच्च हिमाली क्षेत्रमा हिमपात, आज माघेसंक्रान्तिको दिन मौसम कस्तो हुनेछ ?


  • सोमबार, माघ १ २०८०
  • 9.6K
    SHARES

  • images
    तराइमा बाक्लो हुस्सु र कुहिरो, उच्च हिमाली क्षेत्रमा हिमपात, आज माघेसंक्रान्तिको दिन मौसम कस्तो हुनेछ ?

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार  नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको देखिन्छ । 

    बंगलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ ।

    हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ।
    विभागका अनुसार कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

    देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु कुहिरो लागेको हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन भनेको छ । 

    माघ १ गते (सोमबार)

    दिउँसोः देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। 

    कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  

    कोशी, बागमती र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।

    रातीस्  देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। 

    कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    माघ २ गते (मंगलबार)

    दिउँसोः देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 

    देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै  स्थानहरुमा र कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।

    रातीः  देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहनेछ। 

    कोशी,गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।

    माघ ३ गते (बुधबार)

    दिउँसोः  कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातीः  बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीका साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी,गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुका साथै बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

    कोशी, गण्डकी र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूका साथै  बागमती र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend