२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

पाँच महिनामा ६ खर्ब १३ अर्ब २५ करोड बराबरको विप्रेषण स्वदेश भित्रियो


सञ्चार डबली
  • शुक्रबार, पुस २७ २०८०
  • 10.3K
    SHARES

  • images
    पाँच महिनामा ६ खर्ब १३ अर्ब २५ करोड बराबरको विप्रेषण स्वदेश भित्रियो


    काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब १३ अर्ब २५ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको विवरणअनुसार विप्रेषण आप्रवाह २७ दशमलव छ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ दशमलव पाँच प्रतिशतले वृद्धि भई चार अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव एक प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ७३ हजार पाँच सय ५५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख चार हजार ३७ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः दुई लाख ३६ हजार सात सय ७९ र एक लाख १५ हजार नौ सय ४८ थियो ।

    समीक्षा अवधिमा खुद ट्रान्सफर २६ दशमलव तीन प्रतिशतले वृद्धि भई रु छ खर्ब ६९ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१ दशमलव छ प्रतिशतले बढेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend