२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम : तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो, हवाई सेवा प्रभावित हुने


सञ्चार डबली
  • शुक्रबार, पुस २७ २०८०
  • 7.5K
    SHARES

  • images
    आजको मौसम : तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो, हवाई सेवा प्रभावित हुने

    शुक्रबार, पुस २७, २०८०
    काठमाडौं । तराईका अधिकांश स्थानमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, हवाई तथा सडक यातायातमा प्रभाव पर्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    न्यून भिजिविलिटी हुने भएकाले सवारी साधान चलाउन समसय हुने गरेको छ । हवाई सेवामा बिहानको समयमा विमान उडान तथा अवतरण न्यून भिजिविलिटी हुँदा प्रभावित हुन्छ । विभागले चिसोबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन आग्रह गरेको छ । 

    आज बिहान कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend