२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरसँगै युरो पनि घट्यो


सञ्चार डबली
  • बुधबार, पुस २५ २०८०
  • 8.3K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरसँगै युरो पनि घट्यो

     

    काठमाडौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । बुधबार अमेरिकी डलर संगै युरोपियन युरो घटेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रूपैयाँ २९ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४ पैसाले घटेको हो । मंगलबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३३ पैसामा कारोबार भएको थियो ।

    यसैगरी बुधबार युरो एकको खरिदमा १४५ रूपैयाँ ९ पैसा र बिक्रीमा १४५ रूपैयाँ ७५ पैसा तोकिएको छ ।आज युरोमा १७ पैसाले घटेको केन्द्रिय बैकले जनाएको छ । यसअघि मंगलबार युरो एकको खरिद मूल्य १४५ रूपैयाँ २६ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ९० पैसा तोकिएका थियो ।

    त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ५० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ८१ पैसा र बिक्रीदर ८९ रूपैयाँ २१ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९९ रूपैयाँ २३ पैसा र बिक्रीमा ९९ रूपैयाँ ६८ पैसा कायम गरिएको छ ।

     जापानी येन १० को खरिददर ९ रूपैयाँ २१ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ २५ पैसा रहेको छ भने चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ५२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ ५ पैसा तथा बिक्री दर १० रूपैयाँ १० पैसा कायम गरेको जनाइएको छ । 

     कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ ५८ पैसा र बिक्रीदर २८ रूपैयाँ ७० पैसा कायम गरेको छ ।

     साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ६८ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ६३ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ९५ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ५४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend