२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 प्राधिकरणले काटेको छुट बिलको महसुल उठाएरै छाड्छौंः  कुलमान घिसिङ


सञ्चार डबली
  • मंगलबार, पुस २४ २०८०
  • 9.7K
    SHARES

  • images
     प्राधिकरणले काटेको छुट बिलको महसुल उठाएरै छाड्छौंः  कुलमान घिसिङ


    काठमाडौं । केही उद्योगहरुको टीओडीको डेटा हराएको (मिसप्लेस भएको) हुनसक्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । तर, त्यो डेटा नभए पनि प्राधिकरणले काटेको छुट बिलको महसुल उठाएरै छाड्ने अडान पनि उनले लिएका छन् ।

    संसद्को भौतिक पूर्वाधार समितिमा मंगलबार बोल्दै उनले भने, ‘टीओडीको डेटामा २० घण्टाभन्दा बढी लिएको छ कि छैन भन्ने देखिन्छ । त्यो भेरिभाइ गर्नलाई टीओडी हुनसक्छ । धेरै मिटरहरुको टीओडीको डाटा पनि हामीले डाउनलोड गरेर राखेका छौं । कतिपयको मिसप्लेस भएको हुनसक्छ ।’

    टीओडी हेरेरै कति समय विद्युत् उपयोग गरेको थाहा पनि हुँदैन भन्दै संसदीय समितिमा घिसिङले झुट पनि बोलेका छन् । ‘विभिन्न प्रयोजनका लागि टीओडी डाउनलोड गर्नुपर्छ, यसको एनालाइसिस गर्नुपर्छ,’ उनले भने । तर, टीओडी मिटरको एकमात्रै उद्देश्य कुन समयमा कति विद्युत् उपभोग भयो त्यो हेर्ने र त्यसअनुसार बिलिङ गर्ने हो । उद्योगहरुलाई पिक समय र अफपिक समयमा फरक फरक महसुल लगाइने भएकाले कुन समयमा कति युनिट विद्युत् खपत भयो, त्यो थाहा पाउन टीओडी मिटर प्राधिकरणले नै राखिदिने गरेको छ ।

     सबस्टेसनमा हुने लगसिटबाट प्रमाणित गराएर पनि महसुल लिइने उनले बताए । तर, लगसिटमा कुन उद्योगमा कति समय लाइन गयो भन्ने तथ्यांक हुँदैन, कुन प्रसारण लाइनमा कति समय लाइन थियो भन्ने मात्रै हुन्छ ।

    उद्योगी र प्राधिकरणबीच कति युनिट विद्युत् खपत भयो भन्ने विषयमा विवाद भइरहेको छ । तर, कुलमान घिसिङले भने कति युनिट विद्युत् खपत गरेको तथ्यांक भएकाले त्यसकै आधारमा बिलिङ गरेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend