२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजदेखि कारोबारमा आयो हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर 


सञ्चार डबली
  • सोमबार, पुस २३ २०८०
  • 9.4K
    SHARES

  • images
    आजदेखि कारोबारमा आयो हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर 


    काठमाडौं ।  हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर आजबाट कारोबारमा आउँदै छ। आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको हिमालयन रिइन्स्योरेन्स कम्पनी आजदेखि कारोबारमा आउन लागेको हो । यससँगै कम्पनीको आईपिओ पनि आजबाट सञ्चालनमा आउन लागेको छ ।

    कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १०३ रुपैयाँ १० पैसादेखि ३०९ रुपैयाँ २० पैसाको बीचमा हुनेछ । सो मूल्य रेञ्जमा रहेर जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्नेछ । पहिलो कारोबार भएको मूल्यपछि दैनिक १० प्रतिशत घट्न वा बढ्न सक्नेछ । 

    अधिकतम मूल्यमा कारोबार भएर १० प्रतिशत बढ्न गएमा सोमबार प्रतिकित्ता मूल्य ३४० रुपैयाँसम्म पुग्न सक्नेछ ।  प्रिमियमसहित कम्पनीको आईपीओ प्रतिकित्ता २०६ रुपैयाँमा खुलेको थियो ।

    हिमालयन रिइन्स्योरेन्सले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो । आइपीओ बाँडफाँड भने धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले पुस ११ गते गरिएको थियो । सोमबार प्रि–ओपन सेसनमा हिमालयनको पहिलो कारोबार प्रतिकित्ता ३०९.२० रुपैयाँमा सुरु भएको हो । नेप्सेले यसको पहिलो कारोबारका लागि प्रतिकित्ता १०३.०७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend