२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम : तापक्रममा गिरावट, तराईमा हुस्सु, चिसोबाट बच्न अनुरोध


सञ्चार डबली
  • सोमबार, पुस २३ २०८०
  • 8.8K
    SHARES

  • images
    आजको मौसम : तापक्रममा गिरावट, तराईमा हुस्सु, चिसोबाट बच्न अनुरोध

    सोमबार, पुस २३, २०८०
    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज मौसम आंशिक बदलीदेखि सफा रहने जनाएको छ । बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

    काठमाडौंमा बिहान ५ः४५ को न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस रहेको छ । दिउँसो १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् शान्ती कँडेलले जानकारी दिइन् । उनका अनुसार काठमाडौंमा आज दिउँसो मौसम सामान्यता सफा रहनेछ ।

    विभागका अनुसार दिउँसो कोसी, वाग्मती गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले राति कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend