२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम : तराईमा हुस्सु र कुहिरो, हिमाली भूभागमा हिमपात


सञ्चार डबली
  • बुधबार, पुस १८ २०८०
  • 9.5K
    SHARES

  • images
    आजको मौसम : तराईमा हुस्सु र कुहिरो, हिमाली भूभागमा हिमपात

    बुधबार, पुस १८, २०८०
    काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागले राति कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    हुस्सु, कुहिरो र हिमपातका कारण तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ६ बजे ५५ मिनेट र सूर्यास्त साँझ ५ बजेर २१ मिनेटमा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend