२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना बढेको छः अर्थमन्त्री


सञ्चार डबली
  • शुक्रबार, पुस १३ २०८०
  • 7.7K
    SHARES

  • images
    ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना बढेको छः अर्थमन्त्री

    १३ पुस, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताएका छन्।

    शुक्रवार काठमाडौंमा आयोजित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    उनले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेकाले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना पनि बढेर गएको बताए। उनले मुलुकको आर्थिक अवस्था निराशाजनक नरहेको जिकिर गरे। सामाजिक सञ्जालमा नकारात्मक कुरा भएपनि तथ्यले मुलुकको अर्थतन्त्र लयमा फर्किंदै गएको देखिएको अर्थमन्त्री महतको दाबी थियो। हरेक क्षेत्रको आर्थिक गतिविधि बढेकाले मुलुकको अर्थतन्त्र लयमा फर्किएको पुष्टि भएको  तर्क समेत गरे। अर्थमन्त्री महतले तथ्यहरुलाई लिएर सकारात्मक छलफललाई अघि बढाउने हो भने मुलुकको आर्थिक गतिविधिले अझ बढावा पाउने विश्वास समेत व्यक्त गरे।

    अर्थमन्त्री महतले भने, ‘अहिले हाम्रो अर्थतन्त्र बिस्तारै लयमा फर्किएको छ। विदेशी रेमिट्यान्स पनि स्वदेशमा आइरहेको छ। बैंक ब्याजदर पनि धेरै छलफलपछि कम हुँदैछ। शेयर मार्केट पनि बढेको छ। जग्गाको कारोबार पनि बढेको छ। अत्याधिक अवस्थामा शेयर र जग्गामा अत्याधिक कारोबार हुँदाखेरी माग आपूर्तिको बीचमा ठूलो असन्तुलन भयो। त्यसले गर्दा त्यहाँ शिथिलता आएको थियो। अब बिस्तारै पनि लय पक्रिँदै छ। र, राजश्व पनि बिस्तारै बढ्न थालेको छ। आर्थिक गतिविधि बढ्न थालेको छ। अब निराशाको अवस्था चाहीँ छैन। खाली एउटा सामाजिक सञ्जाल पब्लिक स्पेसमा नेगेटिभ कुरा चाहीँ नेपालमा धेरै बिक्छ। नेगेटिभ कुरा ग¥यो भने त्यसमा लाईफ, फलोअर्स पनि बढिहाल्छ। अब अरु क्रियटिभ कुरा, पोजेटिभ कुराहरुलाई सहजै विश्वास गरिँदैन। त्यसकारण अब यो कुरा जो तथ्य सामुन्ने छ। त्यसको आधारमा छलफल चलाउने हो भने सकारात्मक माहोल बन्छ। र, आत्मविश्वास बढछ। आत्मविश्वास बढेको अवस्थामा अर्थतन्त्रले अझ बढी पिकअप लिन्छ भन्ने मलाई लागेको छ । अघि मूल्यवृद्धि पनि साढे ५ प्रतिशतमा झरेको छ। त्यसो हुनाले आर्थिक वृद्धिको हाम्रो ६ प्रतिशतको लक्ष्य पनि करिव हामीले प्राप्त गर्ने सम्भावना देखिँदैछ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend