१२ पुस २०८०, बिहीबार
काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै राती देशका केही भूभागमा मौसम बदली हुनुका साथै बाँकी भागको मौसम सफा रहने महाशाखाले जनाएको छ ।
देशभर चिसो बढ्ने क्रममा रहेकाले बिहान र बेलुकाको समयमा चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउनुहुन र आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आज सूर्योदय बिहान ६ बजेर ५३ मिनेट र सूर्यास्त ५ बजेर १७ मिनेटमा हुनेछ ।


