२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ल्यायो १ लाखको छात्रवृत्ति योजना


सञ्चार डबली
  • बुधबार, पुस ११ २०८०
  • 11.1K
    SHARES

  • images
    भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ल्यायो १ लाखको छात्रवृत्ति योजना

     

    काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ‘‘शिक्षामा छात्रवृत्ति : एक लाख पुरस्कार’’ योजना ल्याएको छ। यस अभियानका माध्यमबाट एक भाग्यशाली विद्यार्थीले एक लाख रुपैयाँ छात्रवृत्ति पाउनेछन्।

    शैक्षिक शुल्क भुक्तानीका लागि इसेवा प्लेटफर्म रोज्ने विद्यार्थीमध्ये एकजनाले यो अवसर पाउने कम्पनीले जनाउको छ। डिजिटल सबलीकरण र शिक्षाको महत्त्व हेरेर ल्याइएको यो अभियान विद्यार्थी र अभिभावक दुवैलाई डिजिटल वित्तीय प्रविधिको एउटा नयाँ यात्रामा लान प्रेरित गर्ने उद्देश्यले डिजाइन गरिएको कम्पनीले जनाएको छ। सहज, सरल र सुरक्षित वित्तीय कारोबारको प्रत्याभूति दिँदै विद्यार्थीलाई प्रोत्साहन गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध रहेको इसेवाले जनाएको छ।

    यसरी गर्नुहोस् फर्मबेस्ड पेमेन्ट
    – सबैभन्दा पहिला प्ले स्टोर/एप स्टोरबाट इसेवा एप डाउनलोड गर्नुहोस्
    – त्यसपछि एप/वेबका माध्यमबाट आफ्नो इसेवा खाता लगइन गर्नुहोस्
    –अब “Education” ट्याबमा जानुहोस्
    – आफ्नो संस्थाको नाम खोज्नुहोस्
    – आवश्यक विवरण भर्नुहोस्
    –Proceed बटन क्लिक गर्नुहोस्
    जेनरिक टोकन पेमेन्टका लागि
    – प्ले स्टोर/एप स्टोरबाट इसेवा एप डाउनलोड गर्नुहोस्
    – एप/वेबका माध्यमबाट आफ्नो इसेवा खाता लग इन गर्नुहोस्
    –Education ट्याबमा जानुहोस् र आफ्नो संस्थाको नाम खोज्नुहोस्
    –आफ्नो Student ID टाइप गर्नुहोस्
    –त्यसपछि Proceed बटन क्लिक गर्नुहोस्

    यस्ता छन् इसेवा स्कलरसिप इनिसिएटिभका सर्त
    – यो छात्रवृत्ति त्यस्ता प्रयोगकर्ता र एजेन्टहरुका लागि मात्र हुनेछ, जो केवाईसी प्रमाणीकृत (भेरिफाइड) छन्।
    – यो अफर मंसिर १९ देखि माघ २९ अर्थात् डिसेम्बर ५ देखि फेब्रुअरी १२ सम्म मात्र लागू हुनेछ।
    –फर्मबेस्डका माध्यमबाट इसेवा प्रयोग गरी आफ्नो शैक्षिक शुल्क भुक्तानी गर्ने प्रयोगकर्ता यो छात्रवृत्तिका लागि योग्य हुनेछन्।
    – छात्रवृत्ति रकमको भाग्यशाली विजेता मात्र एक जना हुनेछन्।
    – क्यूआर कोडबाट भुक्तानी गर्ने ग्राहकलाई यो योजनामा सहभागी गरिने छैन।
    –छात्रवृत्ति रकम क्याम्पेन सकिएको १ हप्ताभित्र मेन ब्यालेन्सका रुपमा विजेताको इसेवा आईडीमा पठाइनेछ।
    – यो अफरमा सहभागितासँगै सम्बन्धित व्यक्तिले प्रवर्द्धन कार्यक्रम, विज्ञापन, बजारीकरण र प्रशासनिक कुराका लागि इसेवालाई मञ्जुरी तथा अनुमति दिएको ठहरिनेछ।
    – जितिएको पुरस्कार रकम ट्रान्सफर गर्न सकिने छैन।
    – यो अफर नेपालको प्रचलित कानुनअन्तर्गत रहेको एउटा सानो प्रवर्द्धन कार्यक्रम हो र कुनै चिठा, बाजी वा जुवा खेलेजस्तो होइन।
    – क्याम्पेन सकिएपछि विजेताको घोषणा गरिनेछ
    –कारणवश शंकास्पद गतिविधि देखिएमा र आफ्नो नियन्त्रणबाहिर गएको अवस्थामा कार्यक्रमको पुनर्विचार गर्ने वा रद्द गर्ने अधिकार इसेवामा निहीत रहनेछि।
    –फेसबुक लाइभका माध्यमबाट छात्रवृत्ति विजेताको छनोट गरिनेछ।
    –विद्यालयको खाता नम्बरमा क्यूआर कोड र सिधै बैंक ट्रान्सफरबाट हुने कारोबार यो योजनाका लागि योग्य हुने छैन।
    – विजेता घोषणाको १ हप्ताभित्र विजेताको इसेवा वालेटमा छात्रवृत्ति रकम डिपोजिट गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend