२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय


सञ्चार डबली
  • शुक्रबार, चैत २४ २०७९
  • 10.1K
    SHARES

  • images
    पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

    शुक्रबार, चैत २४, २०७९
     
    काठमाडौं । सरकारले कोसी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

    शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट यस्तो निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

    मन्त्रिपरिषद्ले मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । “कोसी नामकरण सन्दर्भमा कोसी प्रदेशमा आन्दोलनको क्रममा पदमबहादुर लिम्बूूको निधन हुन पुग्यो । त्यसपछि आन्दोलनकारीसँगको छलफलबाट छानबिन समिति बनेको थियो । त्यसपछि काम, प्रक्रिया अघि बढ्ने क्रममा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ,” “नामकरणसम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ ।” प्रवक्ता शर्माले भनिन् ।

     

    कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको लाठी प्रहारबाट गम्भीर घाइते भएका धरान–१५ बाझगरा बस्दै आएका ४२ वर्षीय लिम्बूको चैत १० गते मृत्यु भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend