२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

गेमिङका लागि पोको एम ५ नेपाली बजारमा, मूल्य कति ?


सञ्चार डबली
  • सोमबार, पुस २ २०८०
  • 9.5K
    SHARES

  • images
    गेमिङका लागि पोको एम ५ नेपाली बजारमा, मूल्य कति ?

    काठमाडौँ । इन्डष्ट्रि रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोको बजेट फ्रेन्डली पोको एम ५ सुलभ मूल्यमा गेमिङको मजा लिनेहरूका लागि लक्षित गरी बनाइएको स्मार्टफोन हो । यो फोन ४ जिबी प्लस ६४ जिबीलाई मात्र रु. २०,४९९ र ६ जिबी प्लस १२८ जिबीलाई मात्र रु. २३,९९९ को आकर्षक मूल्यमा किन्न सकिनेछ  ।

    पोको एम ५ मिडियाटेक हेलियो जि ९९ चिपसेट सहित आउँदछ । यसमा ६ एनएमको प्रोसेसर छ भने यसमा रहेको गेम टर्बो ५.० फिचरले गेमिङ पर्फरमेन्सलाई उत्कृष्ट बनाउँछ ।  पोको एम ५ को एक उल्लेखनीय फिचर भनेको यसको ९० हर्जको डायनामिक स्विच डिस्प्ले हो ।

    यसमा रहेको ६.५८ इन्चको फुल एचडी र डटड्रप डिस्प्ले सहित २४० हर्जको स्याम्प्लिङ रेटले उत्कृष्ट र छरितो टच रेस्पन्स प्रदान गर्दछ । साथमा सनलाइट डिस्प्लेले बाहिरी  वातावरणमा पनि उत्कृष्ट भिजिबिलिटी सुनिश्चित गर्दछ ।

    फोटोग्राफीमा इच्छुक ग्राहकहरूका लागि पोको एम ५ मा पछाडि ५० मेगापिक्सेलको ट्रिपल क्यामेरा सेटअप छ भने यसको अगाडि ५ मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ । साथमा यस स्मार्टफोनको ५,००० एमएचको ब्याट्री लाइफ र बक्समा पाइने २२.५वाटको फास्ट चार्जरको मद्दतले दिनभरको निर्बाध प्रयोगलाई सुनिश्चित गर्दछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend