२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुरकुहिरो


सञ्चार डबली
  • सोमबार, पुस २ २०८०
  • 11.2K
    SHARES

  • images
    आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुरकुहिरो

    सोमबार, पुस २, २०८०
    काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा चिसो बढ्ने क्रम जारी छ । देशभरको तापक्रम गिराबाट हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चिसोबाट बच्न आवश्यक सतर्क हुन विभागको आग्रह छ । 

    आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

    विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।   

    विभागले राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने बताएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    पश्चिमी वायु कमजोर हुँदा आज देशका कुनै पनि प्रदेशमा वर्षा र हिमपातको भने सम्भावना छैन । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend