२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम : आंशिक बदलीदेखि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसम्म 


सञ्चार डबली
  • मंगलबार, मंसिर ५ २०८०
  • 8.2K
    SHARES

  • images
    आजको मौसम : आंशिक बदलीदेखि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसम्म 

    मंगलबार, मंसिर ५, २०८०
    काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भू–भागमा आंशिक बदली हुनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । हिमपातको सम्भावना रहेकाले चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चिसो बढ्ने क्रममा रहेकाले सतर्क हुनु पर्ने विभागको भनाइ छ । 

    आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

    राति लुम्बिनी प्रदेशलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । विभागले कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend