२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम : देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना


सञ्चार डबली
  • मंगलबार, कात्तिक २८ २०८०
  • 8.9K
    SHARES

  • images
    आजको मौसम : देशका उच्च पहाडी तथा हिमाली भू–भागमा  हिमपातको सम्भावना

    मंगलबार, कात्तिक २८, २०८०
    काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।

    विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

    राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा  आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend