२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

पशुपतिको गौशालामा गाईलाई पूजा गर्नेको घुँइचो


सञ्चार डबली
  • सोमबार, कात्तिक २७ २०८०
  • 7.6K
    SHARES

  • images
    पशुपतिको गौशालामा गाईलाई पूजा गर्नेको घुँइचो


    काठमाडौं । कार्तिक कृष्ण औँसीका अवसरमा आज गाईको पूजाआजा गरी गाई तिहार मनाईएको छ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज परेको गाईतिहारमा पशुपतिको गौशाला धर्मशालामा पालिएको गाईलाई पूजा गर्नेको घुँइचो देखियो ।

    उनीहरुले गाईको पूजा गरी गाईलाई भोजन गराएका छन् । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

    राष्ट्रिय जनावर गाईलाई श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र ९डोरो० गाईतिहारकै दिन (आज) गाईको पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि ‘वैतरणी’ पार गर्न सहज हुने लोकविश्वास छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend