२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

काठमाडौं उपत्यकामा रातभर देउसी–भैलो खेल्न दिने निर्णय


सञ्चार डबली
  • सोमबार, कात्तिक २७ २०८०
  • 7.1K
    SHARES

  • images
    काठमाडौं उपत्यकामा रातभर देउसी–भैलो खेल्न दिने निर्णय

    काठमाडौँ । काठमाडौँ उपत्यका रातभर देउसी र भैलो खेल्न दिने निर्णय गरिएको छ ।

    जिल्ला सुरक्षा समितिको निर्णय अनुसार तिहारको अवसरमा देउसी र भैलो खेल्न समय सिमा नतोकिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

    प्रजिअ बस्नेतका अनुसार भक्तपुर र ललितपुरमाा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको छ । उनले भने,‘काठमाडौँ उपत्यकामा एकै प्रकारको निर्णय गर्नेबारे हाम्रो छलफल भएको छ ।’ इच्छुकहरुलाई आफ्नो अनुकूलतामा मर्यादित भएर देउसी र भैलो खेल्न स्थानीय प्रशासनले आग्रह गरेको छ । देउसी र भैलोमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको प्रजिअ बस्नेतले बताए । उनले भने,‘आवश्यक सुरक्षा व्यवस्था हामीले मिलाएका छौँ ।’

    काठमाडौँ उपत्यकामा पटका र आतसबाजी पड्काउन चाहिँ निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेर भुईँचम्पा, पटका र आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण नगर्न आग्रह गरेको छ ।

    दीपावली गर्दा आगलागी हुने जोखिम हुनाले सचेतता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । त्यस्तै जुवातास र लङ्गुरबुर्जा खेल्न र खेलाउन कडाइ गरिएको प्रजिअ बस्नेतले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend