२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

यमपञ्चक अर्थात् तिहारको आज तेस्रो दिन, गाईको पूजा गरिँदै


सञ्चार डबली
  • सोमबार, कात्तिक २७ २०८०
  • 9.4K
    SHARES

  • images
    यमपञ्चक अर्थात् तिहारको आज तेस्रो दिन, गाईको पूजा गरिँदै


    काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदैछ ।हिन्दु समाजमा गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई ‘गौमाता’ भनी सम्मान गरिन्छ ।

    स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध,गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको मान्यता पनि छ । त्यसैले कुनै धार्मिक कार्य गर्दा गाईको गहुँतले घर चोख्याउने तथा गोबरले आँगन पीढी वा दहिलो लिपपोत गर्ने गरिन्छ ।

    आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास रहीआएको छ । यस्तै गौ दान भन्दा ठूलो दान अरु केही नभएकाले गौ दान गर्नाले पुण्य कमाइने विस्वास गरिन्छ । आज गाईको पूजा गरी मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend