काठमाडौं, २४ कात्तिक । इस्टोनिया पठाइदिन्छुु भन्दै ३४ लाख १३ हजार रूपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन् । गोरखा पृथ्वीनारायण नगरपालिका(६ घर भई काठमाण्डौ तार्केश्चर नगरपालिका(१ बस्ने बर्ष ३५ को राजेश श्रेष्ठ पक्राउ परेका हुन् ।
उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टोलीले बुधबार साँझ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।
रोजगारीका लागि एस्टोनिया पठाइदिने भन्दै पैसा लिइसकेपछि फरार भएकाले उनीविरूद्ध जनक बरालसहित ५ जनाले उजुरी दिएका थिए। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।
उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्राचार गरेको थियो । त्यसैले पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।


