२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

गोरखामा बलात्कारको मुद्दाका फरार प्रतिबादीलाई पक्राउ गरी कारागार चलान


सञ्चार डबली
  • आइतबार, कात्तिक २६ २०८०
  • 7.0K
    SHARES

  • images
    गोरखामा बलात्कारको मुद्दाका फरार प्रतिबादीलाई पक्राउ गरी कारागार चलान

    गोरखा, २४ कात्तिक। बलात्कार मुद्धाकाएक फरार अभियुक्तलाई गोरखा प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला अदालत गोरखाबाट बलात्कारका मुद्धामा सजाय फैसला भएका गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ घर भएका ३५ बर्षका महेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    पक्राउ परेका श्रेष्ठलाई अदालतले ४ बर्ष ९ महिना १५ दिन कैद सजाए सुनाएको थियो । फैसला कार्यान्वयनका लागि बिशेष टोली परिचालन गरेर काम गर्दै आएको प्रहरीले उनलाई बिहिबार पक्राउ गरेको उहाँले बताउनुभयो ।

    श्रेष्ठलाई प्रहरी चौकी घ्याल्चोक गोरखाबाट खटिई प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तालाई आज जिल्ला अदालत गोरखा पठाइएको अदालतको आदेश अनुसार उनलाई कैद भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend