२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

गोरखा नगरपालिकाद्धारा फुटपाथमा बिक्रीका लागि राखिएको रङ जफत


सञ्चार डबली
  • आइतबार, कात्तिक २६ २०८०
  • 9.6K
    SHARES

  • images
    गोरखा नगरपालिकाद्धारा फुटपाथमा बिक्रीका लागि राखिएको रङ जफत

    गोरखा, २५ कात्तिक । गोरखा नगरपालिका गोरखाले मुख्यबजार क्षेत्रका सडक पेटीमा बिक्रीका लागि राखिएकार रङ, प्लास्टिकजन्य मालाहरु जफत गरेको छ ।

    नगरपालिकाको नेतृत्वमा आज गोरखा उद्योग बाणिज्यसंघ गोरखा, चेम्बर अफ कमर्स गोरखा, जिल्ला प्रहरी कार्यालय गोरखा पर्यटन तथा उद्योग कार्यालय गोरखा, चेम्बर अफ कर्मस गोरखा, जिल्ला प्रहरी कार्यालय गोरखा र पर्यटन तथा उद्योग कार्यालय गोरखाको प्रतिनिधि सहितको टोलीले गरेको बजार अनुगमनका क्रममा सडकपेटीमा राखिएका सामग्री बरामद गरेको हो ।

    अनुगमन टोली नगरपालिकाको वडा नम्बर ६ र ८ को सिमानामा पर्ने प्रतिक्षालयदेखि हरमटारी चोक, नयाँबजार, हस्पीटल चोक, ध्याम्पेसाल बजार क्षेत्रमा फुटपाथमा खुल्ला रुपमा बेचबिखन गर्न रङ तथा प्लास्टिकजन्य मालाहरु बरामद गरिएको हो । अनुगमन टोलीले बिभिन्न १२ स्थानमा राखिएको सामग्री बरामद गरेको हो ।

    नगरपालिकाले शुक्रबार एक सार्वजनिक सूचना निकालेर सडकपेटीमा सामग्री राखेर बिक्री नगर्न अनुरोध गरेको थियो । नगरपालिकाको आग्रहलाई अटेरी गरी सामान बिक्रीका लागि राखिएकाहरुको रङ, प्लाटिकका सामग्री बरामद गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend