२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

तिहारमा काठमाडौंमा महानगर प्रहरीले साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने


सञ्चार डबली
  • शनिबार, कात्तिक २५ २०८०
  • 8.2K
    SHARES

  • images
    तिहारमा काठमाडौंमा महानगर प्रहरीले साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारलाई सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ ।  शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौँ महानगरपालिकाले नेपालीहरुको महान पर्व तिहारलाई भव्य रुपमा र सुरक्षित रुपमा सम्पन्न गर्न साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने भएको हो ।

    शान्ति सुरक्षाका लागि तिहारमा राति १ बजेसम्म नै महानगरपालिकाले गस्ती गर्ने प्रमुख पाण्डेले बताए । उनले देउसी भैलोको समयमा १ बजेसम्म ४ क्षेत्रबाट गस्ती हुने बताए । उनले शान्तिपूर्वक देउसी भैलीमा महानगर प्रहरीले सहजीकरण गर्ने बताए ।

    उनले महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेको फूललाई महानगरभित्र प्रवद्र्धन गर्न सहुलियत गर्न ४ ठाउँमा स्टल राख्ने बताए । उनले ४ ठाउँमा मखमली, सयपत्री लगायतका फूलको बिक्रीका लागि महानगरभित्र सहजीकरण गर्ने बताए ।

    उनले भृकुटीमण्डप, तीनकुने, बालाजु र हाँडीगाउँमा नेपाली कृषकले उत्पादन गरेका फूलहरुका लागि महानगरले बिक्रीमा सहजीकरण गर्ने उद्देश्यले शुरु गरेको बताए । उनले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न सबैले पहल र व्यवस्थित रुपमा अघि बढ्न आवश्यक रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend