२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायलबीच वार्ता सुरु


सञ्चार डबली
  • शनिबार, कात्तिक २५ २०८०
  • 8.1K
    SHARES

  • images
    प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायलबीच वार्ता सुरु


    काठमाडौं । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायली प्रतिनिधिबीच वार्ता सुरू भएको छ । न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार हमास र इजरायलले गाजामा बन्दीहरूको रिहाईका लागि दुईवटा प्रस्तावहरू वार्ता गरिरहेको दावी गरिरहेको जनाएको छ ।सो समाचार अनुसार एकजनाले जनाएका छन कि पहिलो चरणामा थोरै संख्यामा नागरिक रिहाइ गरिने छ भने अर्को छलफलमा १ सय जना पक्राउ परेकाहरू समावेश हुन सक्छन्।

    ‘विचार भइरहेको एउटा प्रस्ताव अन्तर्गत हमासले युद्धमा छोटो विरामको बदलामा १० देखि २० नागरिक बन्धकहरू रिहाइ गर्नेछ, जसमा इजरायली महिला र बालबालिका र अमेरिकीसहित विदेशीहरूलाई रिहा हुनेछन, ’ टाइम्सको समाचारमा उल्लेख गरिएको छ । अज्ञात इजरायली अधिकारी तथा अरूलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, यदि सर्तहरू पूरा भएमा लगभग १ सय जना नागरिकहरूको रिहाई हुन सक्छन् ।

    ‘इजरायली बन्दीहरूको रिहाइको बदलामा हमासले लडाईमा छोटो समय विराम खोज्नेछ । सोही बेला थप मानवीय सहायता, अस्पतालहरूको लागि इन्धन लैजाने बातावरण बनाउने छ भने इजरायली जेलमा रहेका महिला र बालबालिकाको रिहाइको खोजी गरिरहेको भनिएको छ,’ एक अधिकारीले टाइम्सलाई भने । यद्धपी, इजरायली अधिकारीहरूले आफ्ना बन्दी रिहा गर्नेमा अनिश्चितता व्यक्त गरेका छन् । उक्त वार्तामा कतार मुख्य मध्यस्थकर्ता रहेको र वरिष्ठ अमेरिकी अधिकारीहरू पनि संलग्न रहेको समाचारमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend