२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

रूखबाट लडेर मृत्यु भएका भनिएका व्यक्तिको छातीमा बन्दुकको छर्राको घाउ


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २४ २०८०
  • 9.6K
    SHARES

  • images
    रूखबाट लडेर मृत्यु भएका भनिएका व्यक्तिको छातीमा बन्दुकको छर्राको घाउ

    दाङमा रूखबाट लडेर मृत्यु भएका भनिएका एक व्यक्तिको छातीमा बन्दुकको छर्राको घाउ देखिएको छ।

    घोराही उपमहानगरपालिका वडा नम्बर ७ हर्नियाका ३० वर्षीय जुगारू चौधरीको जंगलमा मालुको पात टिप्न गएका बखत रूखबाट लडेर मृत्यु भएको भनिए पनि उनको छातीमा बन्दुकको छर्रा लागेको घाउ देखिएको एक प्रहरी अधिकारीले बताए। जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक मल्लका अनुसार जुगारू बिहीबार बिहान आठ बजेतिर मालुको पात टिप्न भनेर जंगल गएका थिए।

    images

    घटनाबारे बेलुका साढे ४ बजेपछि मात्रै प्रहरीलाई खबर आएको थियो। प्रहरी उद्धार गरेर ७ बजेर ४० मिनेट जाँदा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएलगत्तै जुगारूलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

    images

    'जंगलमा पात टिप्न अरू पनि सँगै गएको भन्ने छ,' डिएसपी मल्लले भने, 'मृतकको छातीमा बन्दुकको छर्राको जस्तो घाउ देखिएको हुँदा थप अनुसन्धान हुन बाँकी छ।' जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले मृतक सशस्त्र प्रहरीका मान्छे हुन् भन्ने अपुष्ट खबर आएको बताए। तर उनी बहालवाला हुन् वा सशस्त्रमा विगतमा कार्यरत थिए भन्ने खुलिनसकेको पनि उनले बताए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend