२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

काठमाडौंमा १२ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय वृद्ध पक्राउ


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २४ २०८०
  • 9.8K
    SHARES

  • images
    काठमाडौंमा १२ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय वृद्ध पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका–७ गौरीघाटस्थित मिलन चोकमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन्। बलात्कार आरोपमा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौरीघाट नै बस्ने ६० वर्षीय तारानाथ दुलाल रहेका प्रहरीले जनाएको छ। 

    नाबालिकालाई बलात्कार गरेको कसुरमा पक्राउ परेका दुलालविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। गत असोज १९ गते साँझ दुलालले १२ वर्षीया बालिकालाई आफ्नो घरको कोठामा लगेर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    images

    असोज १९ गते साथीहरुसँग खेल्न भनेर १२ वर्षीया बालिका घरबाट बाहिर निस्केकी थिइन्। त्यही बेला दुलालले कोठामा लगेर बलात्कार गरेको आरोप लागेको छ। असोज २६ गते स्कूलबाट कोठामा फर्कने क्रममा पुनः ६० वर्षीय दुलालले आफ्नो कोठामा लगेर बलात्कार गरेको बताइएको छ। पीडित बालिकाकी आमाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको छ, ‘असोज २६ गते स्कूलबाट कोठा फर्किने क्रममा साथीहरुसँग खेल्दै आएका २ जना साथीहरुलाई पर पठाइ दिनको साढे १२ बजे मेरो छोरीलाई तानी कोठाभित्र लगेर पुनः ढोका लगाइ छोरीको कपडा खोली, एक हातले मुख थुनेर बलात्कार गर्दै कसैलाई भनिस् भने ठिक पार्छु भनि डर त्रास देखाई बलात्कार गरेको पाइएकाले कारबाही गरी पाउँ।’

    images

    २ पटकसम्म दुलालबाट बलात्कार भएपछि पीडित बालिकाले रुँदै आमालाई उक्त कुरा बताएकी थिइन्। त्यसपछि उनीहरुले प्रहरीमा जाहेरी दिएका थिए। आरोपित दुलालले पनि घटनाबारे बयान दिँदै बलात्कार गरेको स्वीकार गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ। ‘आफ्ना नाति–नातिनाहरुसँग खेल्न पीडित भनिएकी १२ वर्षीया बालिका आएको उक्त दिन (असोज १९ गते) घरमा श्राद्ध थियो। उनी म बसेको कोठामा पनि आउने जाने गर्थिन्। सोही बेला मैल उनको संवेदनशील अंगमा समाती तान्न खोज्दा इन्कार गरेकाले छाडिएको हुँ,’ अभियोगपत्रमा उल्लेख दुलालको बयानमा भनिएको छ। 

    images

    अर्को दिन असोज २६ गते पीडित बालिकालाई बलात्कार गरेको दुलालले स्वीकार गरेका छन्। ‘असोज २६ गते दिउँसो साढे १२ बजेतिर उनी मेरो घर आएकी थिइन्। घरमा कोही थिएनन्। त्यसैको मौका पारी मैले उनलाई बलात्कार गरेको हुँ,’ दुलालले बयानमा भनेका छन्। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend