२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बलात्कार आरोपमा दुईजना पक्राउ


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २४ २०८०
  • 7.6K
    SHARES

  • images
    बलात्कार आरोपमा दुईजना पक्राउ

     

    काठमाडौं । प्युठान र झापाबाट बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठान माण्डवी गाउँपालिका–४ धनचौर बस्ने २६ वर्षीय संगित केसी भन्ने अर्जुन दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।

    दमाईले ती महिलालाई बिवाह गर्छु भन्दै प्रलोभनमा पारी सोमबार राति जबरजस्ती करणी गरी नगद तथा जिन्सी सामान समेत ठगी गरी फरार भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा मेचिनगर नगरपालिका–७ सत्तिघट्टा बस्ने २१ वर्षीय अमित राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । राजवंशीले ती किशोरीलाई सोही नगरपालिका–८ टोकला चिया बगानमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend