२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एसईईको रजिस्ट्रेसन आवेदन खुल्यो


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २४ २०८०
  • 11.0K
    SHARES

  • images
    एसईईको रजिस्ट्रेसन आवेदन खुल्यो


    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को आवेदन फारम खुलाएको छ।बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० ले २०८० सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भर्ने र भराउनेबारे आज सूचना निकालेको हो।

    कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो। आवेदन आजदेखि मंसिर मसान्तभित्र भर्न सकिने बोर्डले जनाएको छ । आवेदन फारम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्नेछ।

    यस्तै, बोर्डले कक्षा ९ मा साधारण, परम्परागत र प्राविधिक धारतर्फ नियमित अध्ययनरत विद्यार्थीका लागि २०८१ सालको नियमित एसईई परीक्षामा समावेश हुनका लागि रजिस्ट्रेसन फारम भर्न पनि सूचना निकालेको छ। रजिष्ट्रेशन फारमका लागि प्रतिविद्यार्थी तीन सय रुपैयाँ लाग्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend