२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

बढ्यो सुनचाँदीको मूल्य 


सञ्चार डबली
  • आइतबार, वैशाख १७ २०८०
  • 25.8K
    SHARES

  • images
    बढ्यो सुनचाँदीको मूल्य 


    काठमाडौं, १७ वैशाख । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आज सुनचाँदीको मूल्य बढेको छ। यसअघि शुक्रबार तोलामा  ५०० रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला १०० रुपैयाँ बढेको हो।

    आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    यसैगरी, शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
    आइतबार चाँदीको मूल्य पनि बढेको छ।

     शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो। आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको थियो।
     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend