२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

निषेधित क्षेत्र धेरै हुँदा नेपाल घुम्न आउने विदेशी पर्यटकलाई असह भयो : मन्त्री किराती


सञ्चार डबली
  • बुधबार, कात्तिक १५ २०८०
  • 10.2K
    SHARES

  • images
    निषेधित क्षेत्र धेरै हुँदा नेपाल घुम्न आउने विदेशी पर्यटकलाई असह भयो :  मन्त्री किराती


    काठमाडौं । निषेधित क्षेत्र धेरै हुँदा नेपाल घुम्न आउने विदेशी पर्यटकलाई असहजता हुने गरेको पर्यटनमन्त्री सुदन किरातीको भनाई छ । नेपाल पर्वतारोहण संघको स्वर्ण जयन्ती विशेष कार्यक्रममा मन्त्री किरातीले यस्तो बताएका हुन् । पर्यटनबाट मात्रै नेपालको समृद्धि सम्भव रहेको उनले दोहोर्याए ।

    उनले नेपालमा विदेशी पर्यटकका लागि निषेधित क्षेत्र धेरै हुँदा पर्यटकलाई समस्या भएको उल्लेख गर्दै डबल हवाई भाडा लिँदा अन्तर्राष्ट्रिय स्तरमा नेपालप्रति नराम्रो सन्देश गैरहेको बताए । समस्या समाधानका लागि आफूले पहल गरेको उनको भनाई छ ।

    मन्त्री किरातीले भने, ‘पर्यटन ऐनहरु पुराना छन् । समय सापेक्षित ऐन संशोधन गर्नुछ । नेपाल आउने विदेशी पाहुनाका लागि हामीले जहाजको भाडा डबल गरेका छौं, त्यसले विश्व समाजमा नकारात्मक सन्देश गैरहेको भन्दै धेरै ठाउँबाट भाडा समायोजनको लागि सुझाव तथा आक्रोस पनि आउने गरेका छन् । निषेधित क्षेत्रहरुको कारणले गर्दा पर्यटनमा धेरै ठूलो असहजता छ । त्यो सहजीकरण गर्न हिजैमात्र मैले प्रधानमन्त्रीसँग कुरा राखेको छु ।’

    जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा तीव्र रुपमा असर पारिरहेकाले नेपालका हिमाल कालो पत्थरमा परिणत हुने खतरा उच्च रहेको भन्दै त्यसलाई जोगाउन सबै लाग्नुपर्ने उनले बताए ।हिमाली पर्वतारोहीले हिमाल आरोहणपश्चात् गरेको फोहोरले हिमाली स्वच्छतामा असर पारेको भन्दै उनले त्यसलाई रोक्न सबै लाग्नुपर्ने बताएका हुन् ।

    हिमाली क्षेत्रमा गरिने ‘फेक रेस्क्यु’ को कारण नेपाल घुम्न आउने विदेशी पर्यटकमा नकारात्मक प्रचार भएको भन्दै त्यसतर्फ निजी, सरकारी सबैले गम्भीर भएर सोच्नुपर्नेमा उनले जोड दिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend