२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

प्रिन्सिपल हत्या, विरोधमा मधेसका प्रदेशका विद्यालयहरु बन्द


सञ्चार डबली
  • मंगलबार, कात्तिक १४ २०८०
  • 8.4K
    SHARES

  • images
    प्रिन्सिपल हत्या, विरोधमा मधेसका प्रदेशका विद्यालयहरु बन्द


    काठमाडौं । मधेस प्रदेशका विधालयहरू आज बन्द हुने भएका छन् । बाराको एक विद्यालयका प्रिन्सपल रुपेश सर्राफको हत्याको विरोधमा आज मधेसका विद्यालयहरु बन्द हुन लागेका हुन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को आब्हानमा मधेश प्रदेशका बिद्यालयहरु एक दिनका लागि शोक बिदा दिईएको हो ।

    बाराको कलैयास्थित बाल एकता माविको संचालक तथा प्रिन्सिपल सर्राफमाथि सोमवार दिउँसो गोली प्रहार गरिएको थियो । गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा वीरगञ्ज अस्पतालमा मृत्यु भएको थियो ।

    नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा.नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले जारी गरेको विज्ञप्तीमा सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना गरिएको छ ।सो हत्या विरोधमा आज नेशनल प्याब्सन अन्तर्गत प्रदेशभरका विद्यालयहरु बन्द गर्ने निर्णय भएको सो विज्ञप्तीमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend