२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

गाजामा युद्ध बिराम गर्न डब्लएचओका प्रमुख गेब्रेयससको आग्रह


सञ्चार डबली
  • सोमबार, कात्तिक १३ २०८०
  • 9.6K
    SHARES

  • images
    गाजामा युद्ध बिराम गर्न डब्लएचओका प्रमुख गेब्रेयससको आग्रह


    काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुखले गाजा जारी युद्ध रोक्नु पर्ने जनाएका छन । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले गाजामा जारी युद्ध तत्काल रोक्नु पर्ने जनाएका हुन । उनले युद्धविराम गरी शान्तिको लागि विनम्र अनुरोधसमेत गरेका छन ।

    केहि घण्टा अघि सामाजिक सञ्जालमा साझा गरिएको पोष्टमार्फत उनले इथियोपियाको टिग्रेका टेड्रोसले बाल्यकालमा युद्धको वरिपरि हुर्केका आफ्नै अनुभवहरू साझा गरेका छन ।

    ‘युद्धको छायामा फसेको बच्चाको रूपमा मैले यसको गन्ध, आवाज र दृश्यहरू राम्ररी चिनेको छु,’ उनले भने, ‘म अहिले द्वन्द्वको बीचमा परेकाहरूप्रति गहिरो सहानुभूति देखाउँछु, उनीहरूको पीडा मेरो आफ्नै जस्तो महसुस गर्दछु ।’यसअघि पनि टेड्रोसले प्यालेस्टिनीस्थित अल–कुड्स अस्पतालमा निकासीको धम्कीको रिपोर्ट प्रति गहिरो चिन्ताको विषय भएको बताएका थिए।

    ‘हामी दोहोर्याउँछौं, बिरामीहरूले भरिएका अस्पतालहरू उनीहरूको जीवनलाई जोखिममा नराखी बाहिर निकाल्न असम्भव छ,’ उनले भने।टेड्रोसले यसअघि आफ्ना काका इथियोपिया र इरिट्रिया बीचको युद्धमा मारिएको कुरा साझा गरेका थिए।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend