शनिबार, ११ कार्तिक २०८०,
दोहा कतार - कर्णाली प्रदेश समन्वय परिषद् कतारले दशै मनाउन लाग्ने खर्च कटौती गरी एक जना क्यान्सर पिडितलाई सहयोग गरेको छ। संस्थाका अध्यक्ष श्री बिजय कुमार बस्यालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले जिल्ला सुर्खेत सिम्ता गा.पा. वार्ड नं ८ साहुखोला बस्ने क्यान्सर पीडित खिम कुशल बस्नेतलाई सहयोग गर्ने निर्णय गरेको थियो।
परिषदका कोषाध्यक्ष श्री गोपाल बस्नेतको पहलमा विगत लामो समय देखि क्यान्सर जस्तो घातक रोगको शिकार बनेका र निजको घर परिवारको आर्थिक अवस्था पनि निकै कमजोर भएकोले बस्नेतलाई सहयोग गर्न सस्थाका महासचिव हिरामणी सुनारले प्रस्ताव राखेका थिए । कार्यक्रमको सहजीकरण गर्ने कर्ममा उनले परम्परागत रूपमा मान्दै आएको दशैं पर्व यस पटक क्यान्सर पीडितलाई सहयोग गरी भिन्नै प्रकारले मनाउ भन्ने प्रस्तावलाई बैठकमा उपस्थित सबैले समर्थन गरेपछि सोही समयमा सहयोग रकम संकलन गरी बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राष्ट्रिय बाणिज्य बैंकमा पिडितका छोरा बिनोद बस्नेतको नाममा रहेको खाता नं. ५१६०१०००००२१११०४ मा नेपाली रु.२८,४६४ (अठ्ठाईस हजार चार सय चौसट्ठी) पठाएको छ।
साथै सहयोग गर्न इच्छुक जो कोहि व्यक्तिहरूले स्वयम् पीडितले उपलब्ध गराएको सोहि खाता अथवा तल दिइएको नम्बरमा सम्पर्क गरी सहयोग गरिदिन पनि अनुरोध गरेका छन।
कर्णाली प्रदेश समन्वय परिषद कतारका कार्यसमिति टिम सङ्ग सम्पर्क गर्न सकिने पनि सस्थाका महासचिव हिरामणी सुनारले सञ्चारडबलीलाई जानकारी गराएका छन।
नेपालको लागि सम्पर्क :
Name- Binod Basnet . Bank Name - Rastiya Banijya Bank(Nepal)
Account number - 5160100000211104 Mobile number - 9822583520
कतारको लागि सम्पर्क :
गोपाल बस्नेत - +974-7401 9964 (कोषाध्यक्ष)
हिरामणी सुनार - +974-66910218 (महासचिव)


